जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक « Khabarhub

जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर बिक्री वितरणका साथै सेवन गर्न नपाइने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रशासनको यो कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए ।

जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क