इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा « Khabarhub

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड आएको छ । दुई सय ७९ जनाको ज्यान गएको र करिब ५०० जना घाइते भएको उक्त भीषण आक्रमणको अनुसन्धान अन्तर्गत श्रीलंकाका पूर्व गुप्तचर प्रमुखलाई ९० दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिइएको छ । 

यस कदमले लामो समयदेखि विवाद र प्रश्नले घेरिएको घटनाको अनुसन्धानलाई नयाँ दिशातर्फ मोड्ने संकेत गरेको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकले आतङ्कवाद रोकथाम ऐन (पिटिए) अन्तर्गत सेवानिवृत्त सेनाका मेजर जनरल सुरेश सल्लेलाई प्रारम्भिक तीन दिनपछि थप ९० दिन हिरासतमा राख्न हिरासत आदेशमा हस्ताक्षर गरे।

प्रहरी प्रवक्ताका अनुसार उक्त आदेशमा राष्ट्रपतिले हिजो राति हस्ताक्षर गरेका थिए। पिटिएअनुसार प्रहरीले कुनै आरोप नलगाई तथा न्यायिक समीक्षा बिना नै संदिग्धलाई लामो समयसम्म हिरासतमा राख्न सक्ने प्रावधान छ र यस ऐनअन्तर्गत हिरासतमा राखिएका व्यक्तिलाई अदालतले जमानत दिन सक्दैन ।

आपराधिक अनुसन्धान विभागका अधिकारीहरूले बुधबार सल्लेलाई पक्राउ गरेका थिए । बम विस्फोटसम्बन्धी लामो समयदेखि चलिरहेको अनुसन्धानमा उनी हालसम्म पक्राउ परेका सबैभन्दा उच्च पदस्थ अधिकारी मानिएका छन्। अनुसन्धान टोलीले घटनापूर्व सुरक्षा संयन्त्रको भूमिका, खुफिया सूचना आदान–प्रदान तथा सम्भावित लापरबाहीबारे विस्तृत रूपमा सोधपुछ गर्ने तयारी गरेको जनाएको छ ।

अप्रिल २१, २०१९ मा नौ आत्मघाती बमवर्षकहरूले दुई रोमन क्याथोलिक चर्च, एक इभान्जेलिकल प्रोटेस्टेन्ट चर्च तथा तीन लक्जरी होटललाई लक्षित गरी समन्वित आक्रमण गरेका थिए । मारिनेहरूमा ४५ जना विदेशी नागरिक समेत रहेका थिए । उक्त आक्रमण श्रीलंकाको पछिल्लो इतिहासकै सबैभन्दा रक्तपातपूर्ण घटनामध्ये एक मानिन्छ ।

यसैबीच, विपक्षी दलहरूले सल्लेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको कदम भन्दै आलोचना गरेका छन् । उनीहरूले यसलाई राजनीतिक प्रतिशोधपूर्ण अभियानको संज्ञा दिँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

तर पीडितका लागि न्यायको माग गर्दै अभियान चलाइरहेको श्रीलंकाको क्याथोलिक चर्चले भने गिरफ्तारीको स्वागत गरेको छ । चर्चले राजनीतिक हस्तक्षेप बिना अनुसन्धान अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

चर्चले यसअघि पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष सत्तामा आएपछि बम विस्फोटसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित बनाएको आरोप लगाएको थियो । आक्रमणको दुई दिनपछि सेवानिवृत्त सेना अधिकारी राजापाक्षले आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए र इस्लामवादी चरमपन्थ उन्मूलन गर्ने प्रतिबद्धतासहित नोभेम्बरको राष्ट्रपतीय चुनाव जितेका थिए ।

नयाँ गिरफ्तारीसँगै इस्टर बमकाण्डको सत्य उजागर हुने अपेक्षा फेरि बलियो बनेको छ । पीडित परिवार र सर्वसाधारणले लामो समयदेखि निष्पक्ष छानबिन र जवाफदेहिताको माग गर्दै आएका छन् र अहिलेको कदमले त्यो मागलाई सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १२ : ४१ बजे

इरानी मिसाइल प्रहारबाट अबु धाबीमा अज्ञात एशियाली देशका एक जनाको मृत्यु भएपछि यूएई क्रुद्ध

काठमाडौं- इरानले प्रहार गरेको मिसाइलका कारण एक जनाको मृत्यु भएपछि

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था

निर्वाचन आचारसंहिता उल्लङ्घन : आठ जनालाई कारबाही

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई

गगनबारे अमरेशको टिप्पणी : ‘राति घाम लाग्नु र कांग्रेसले सर्लाही–४ मा जित्नु उस्तै हो’

काठमाडौं– कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा।