यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा « Khabarhub

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको १२ वर्ष बित्यो । प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपालि पनि सबैको चासोको विषय बनेको छ । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने यो पुल अहिले निर्माणाधीन अवस्थामा छ । यही विषयलाई आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्नो प्राथमिकतामा राखेका छन् । 

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ केही दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा मत आफ्नो पक्षमा पार्न तनहुँ क्षेत्र नं-१ प्रतिनिधिसभा सदस्य उम्मेदवारले प्राथमिकतामा राखेका हुन् । 

पुल निर्माण समयमै सम्पन्न नहुनुको मुख्य कारण फरक छ । दुई वर्षअघि दुवैतर्फ पिल्लर ठड्याइए पनि बाढीका कारण नदीको सतह बढ्दाका अवस्थामा समस्या हुने देखिएपछि सच्याउने उद्देश्यले डिजाइन परिवर्तनको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । 

सडक डिभिजन कार्यालय दमौलीका डिभिजन प्रमुख राजीव श्रेष्ठले पहिले मुग्लिङको जस्तै आर्क डिजाइनमा पुल बनाउने योजना रहे पनि आर्कको आधार बस्ने ठाउँमै बाढीले क्षति पुर्‍याएपछि डिजाइन परिवर्तन गर्नैपर्ने बाध्यता आएको बताए । 

निर्माण कम्पनीले गत वैशाखमा नयाँ डिजाइनको प्रस्ताव पेस गरेको छ । जसमा अहिले बनिसकेका पिल्लरको उचाइ थप गरी स्टिलको संरचना वा स्ल्याप राख्ने गरी नयाँ नक्सा विभागमा अध्ययनको क्रममा रहेको श्रेष्ठले जानकारी दिए । 

पुल निर्माणमा भएको ढिलाइले लागत र समय दुवै बढाएको छ भने सुरुमा लागत वृद्धिको विषयमा सडक विभाग र निर्माण कम्पनीबीच समझदारी नमिले पनि अन्ततः कम्पनीकै लगानीमा परिवर्तित डिजाइन पेस गरिएको उनले बताए । 

‘हालसम्म योजनाको भौतिक प्रगति मात्र ३६ प्रतिशत रहेको छ र विसं २०८३ असार मसान्तसम्म निर्माण सक्ने गरी पछिल्लो पटक म्याद थप गरिएको छ’, उनले भने। 

दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विसं २०७० असार २८ गते भएको थियो । सडक डिभिजन कार्यालय दमौलीका अनुसार विसं २०८० असोजमा आएको भीषण बाढीले सुरुको अनुमानभन्दा माथिको सतहलाई असर गरेपछि पुरानो ‘आर्क’ डिजाइनमा काम गर्न नसकिने देखिएको हो ।

चितवनको घुमाउनेबाट बुद्धसिंहमार्ग हुँदै दमौली पुग्न मुग्लिङ–आँबुखैरेनी सडकभन्दा २६ किलोमिटर दूरी छोटो पर्ने भएकाले नारायणगढबाट पोखरातर्फ जाने सवारीसाधनका लागि यो निकै छिटो र वैकल्पिक मार्ग मानिन्छ । १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने यस पुल रु १० करोड २१ लाख ८६ हजार ५५१ को लागतमा मृत सञ्जीवनी कम्पनी मकवानपुरले ठेक्का पाएको छ । 

लामो समयदेखि पुल अलपत्र परेपछि स्थानीय अत्यन्तै आक्रोशित अवस्थामा छन् । बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी बिर्खमाया गुरुङले भने, ‘पुल नबन्दा यस क्षेत्रको आर्थिक र सामाजिक विकास ठप्प भएको छ ।’

पुल निर्माण सम्पन्न नभएसम्म आगामी निर्वाचनमा कुनै पनि दललाई भोट नहाल्ने र मतदान नै बहिष्कार गर्ने सम्मको निर्णयमा स्थानीय पुगेका उनले बताए। 

पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने यो महत्वपूर्ण कडी भए पनि प्राविधिक ढिलासुस्ती र प्राकृतिक अवरोधका कारण स्थानीयले लामो समयदेखि सास्ती भोगिरहनु परेको छ ।

 पुल निर्माणको जिम्मा लिएपछि मात्रै प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने भएपछि अधिकांश उम्मेदवारले पहिलो प्राथमिकता दिएर अजेण्डा तय गरेर आमनागरिकसमक्ष पेस गरिरहेका छन् । तर, पुलका परिवर्तित डिजाइन आएपछि भने निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा डिभिजन कार्यालयको छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  २ : १८ बजे

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था

निर्वाचन आचारसंहिता उल्लङ्घन : आठ जनालाई कारबाही

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई

गगनबारे अमरेशको टिप्पणी : ‘राति घाम लाग्नु र कांग्रेसले सर्लाही–४ मा जित्नु उस्तै हो’

काठमाडौं– कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा।

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि