इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो « Khabarhub

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज सुनिएको छ । अमेरिका र इजरायलले पछिल्लो समय इरानमाथि हमला गरिरहेका छन् । जवाफमा इरानले पनि इजरायलतर्फ मिसाइल प्रहार गरेको हो ।

इरानी मिसाइल इजरायलतर्फ आइरहेको देखिएपछि देशका धेरै क्षेत्रमा साइरन बजाइएको छ । यस्तो साइरन छिमेको जोर्डनमा पनि बजाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘जनतालाई सरकारका निर्देशनहरू पालना गर्न अनुरोध गरिन्छ । हाल इजरायली वायु सेना खतराहरू रोक्न र आवश्यक परेमा तिनमाथि आक्रमण गर्न अभियान सञ्चालन गरिरहेको छ, ताकि खतरा अन्त्य गर्न सकियोस्’, इजरायली रक्षा मन्त्रालयले भनेको छ।

इजरायली हवाई रक्षा प्रणालीले इरानबाट आएका मिसाइलहरू रोक्ने प्रयास गरिरहेको छ । यस हमलाबाट भएको क्षति वा हताहतबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  २ : २९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क