जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ « Khabarhub

जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तान र पाकिस्तानबीच चर्किँदै गएको सैन्य तनावबीच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकु जेट खसालिएको र त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायहरूले जनाएका छन् । घटनाले दुई देशबीचको द्वन्द्व थप गहिरिएको संकेत गरेको छ ।

प्रहरी प्रवक्ता तैयब हम्मादका अनुसार जलालाबाद सहरको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको पाकिस्तानी लडाकू जेटलाई गोली हानी खसालिएको थियो ।

‘जेट खसालिएपछि पाइलटलाई जिउँदै समातिएको छ’, उनले भने। पूर्वी अफगानिस्तानस्थित सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि अफगान सेनाले जेट खसालेको र पाइलटलाई नियन्त्रणमा लिएको पुष्टि गरे।

एएफपीका एक पत्रकारले जेटको तीव्र आवाज जलालाबादमाथि सुनिएको र त्यसपछि सहरको विमानस्थलतर्फबाट दुईवटा शक्तिशाली विस्फोटको आवाज आएको बताएका छन् । घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस विषयमा प्रतिक्रिया माग्दा पाकिस्तानको सेना र सूचना मन्त्रालयले तत्काल कुनै टिप्पणी दिएका छैनन् । पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीले दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

यसअघि पाकिस्तानले शुक्रबार अफगानिस्तानको राजधानी काबुल तथा दक्षिणी सहर कान्दाहारमा हवाई आक्रमण गरेको थियो । कान्दाहार तालिवान सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको आधार क्षेत्र मानिन्छ । अफगान पक्षका अनुसार बिहीबार राति अफगान सेनाले पाकिस्तानविरुद्ध सीमा क्षेत्रमा कारबाही सुरु गरेपछि हवाई आक्रमण भएको हो । तालिवान सरकारले भने उक्त कदमलाई अफगान भूमिमा पहिले गरिएको पाकिस्तानी आक्रमणको प्रतिउत्तर भएको बताएको छ ।

नयाँ घटनाक्रमले क्षेत्रीय सुरक्षामा थप अनिश्चितता ल्याएको छ र दुवै पक्षबीचको सैन्य गतिविधि अझै बढ्न सक्ने सङ्केत गरेको छ ।

– तीन सयभन्दा बढी अफगान सैनिक मारिए स् पाकिस्तान 

 यसैबीच पाकिस्तानले अफगानिस्तानभित्र एक दिन लामो तोपखाना र हवाई कारबाहीमा ३०० भन्दा बढी अफगान सैनिक मारिएको दाबी गरेको इस्लामाबादबाट एपीले जनाएको छ । बढ्दो सीमा द्वन्द्वबीच शनिबार सार्वजनिक गरिएको सरकारी विवरणअनुसार अफगान सैन्य चौकीहरू र प्रतिष्ठानहरूमा व्यापक क्षति पुर्‍याइएको बताइएको छ ।

सूचनामन्त्री अत्ताउल्लाह तारारका अनुसार ३३१ भन्दा बढी अफगान तालिवान लडाकु मारिएका र ५०० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानले १०२ अफगान चौकी ध्वस्त पारेको, २२ कब्जा गरेको तथा ३७ स्थानमा १६३ ट्यांक र बख्तरबन्द सवारी साधन नष्ट गरेको दाबी गरेको छ । सरकारी मिडियाले वायुसेनाले पूर्वी अफगानिस्तानका मुख्य सैन्य लक्ष्यहरूमा आक्रमण जारी राखेको जनाएको छ ।

यो कारबाही तेहरिक–ए–तालिबान पाकिस्तान ९टिटिपी० का प्रशिक्षण शिविरहरू लक्षित गरी गरिएको आक्रमणपछि सुरु भएको परस्पर प्रतिआक्रमणको निरन्तरता हो । पाकिस्तानले टिटिपीलाई अफगान भूमिबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ, जुन आरोप काबुलले अस्वीकार गर्दै आएको छ ।

अफगानिस्तानको रक्षा मन्त्रालयले भने मिरानशाह र स्पिन वाम क्षेत्रमा पाकिस्तानी सैन्य आधारहरूमा रातभर आक्रमण गरी भारी क्षति पुर्‍याएको जनाएको छ । अफगान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गर्दै पाकिस्तानको ‘हरेक कदमको जवाफ दिइने’ चेतावनी दिए । पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको यसअघि जनाएको थियो ।

पूर्वी अफगानिस्तानका अधिकारीहरूले पाकिस्तानी आक्रमणमा कम्तीमा ११ सर्वसाधारण मारिएको आरोप लगाएका छन् । पाकिस्तानले भने केवल सैन्य लक्ष्यमा प्रहार गरिएको र नागरिक हताहतबाट जोगिन प्रयास गरिएको दाबी गरेको छ ।

तनावका कारण तोरखाम सीमा क्षेत्रमा बसोबास गर्ने सयौँ परिवार विस्थापित भएका छन् । केही अफगान शरणार्थीहरू सीमा पार गर्न नसकी अलपत्र परेका छन् । रमजानको उपवास महिनामा खाद्यान्न अभाव झेलिरहेका स्थानीयहरूले युद्धविरामको माग गरेका छन् ।

अक्टोबरयता जारी झडपमा दर्जनौँ सैनिक र नागरिक मारिएका छन् । कतारको मध्यस्थतामा भएको युद्धविराम स्थायी हुन सकेन । हाल टर्की, साउदी अरेबिया, कतार र चीनले फेरि मध्यस्थताको प्रयास गरिरहेका छन् । कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीले दुवै देशका विदेशमन्त्रीसँग तनाव कम गर्ने विषयमा वार्ता गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : २१ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट