मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना « Khabarhub

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा वातावरणीय अध्ययन र वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौँ र लौजान विश्वविद्यालय, स्विट्जरल्याण्डको संयुक्त सहकार्यमा चार लाखको लागतमा यो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा वायुको तापक्रम, सापेक्षिक आर्द्रता, वर्षामापक, हावाको गति तथा दिशा मापन गर्ने उपकरण जडान गरिएको छ ।

त्रिवि मानवशास्त्र केन्द्रीय विभागकी उपप्राध्यापक डा नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद दवाडीको विशेष पहलमा यो केन्द्र स्थापना भएको प्रधानाध्यापक पदमराज पन्थीले जानकारी दिए।

प्रधानाध्यापक पन्थीका अनुसार, ‘स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायको सहकार्यमा स्थापना गरिएको यो केन्द्रमार्फत क्षेत्रीयस्तरमै मौसमसम्बन्धी तथ्यांक संकलन र विश्लेषण गरिनेछ र शिक्षण–सिकाइमा सहजता ल्याउन सहयोग पुग्नेछ ।’

केन्द्रबाट संकलित तथ्यांकले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण, जलवायु परिवर्तनको प्रभाव विश्लेषण तथा प्राकृतिक विपद् जस्तै बाढीपहिरो र खडेरीको जोखिम मूल्यांकनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नासोँ–५ का वडाध्यक्ष थुतेन लामाकाअनुसार समयमै उपलब्ध हुने वैज्ञानिक तथ्यांकले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पु¥याउने विश्वास गरिएको छ । केन्द्रले स्थानीय विद्यार्थीलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्नेछ । 

विद्यार्थीले प्रत्यक्ष रूपमा मौसममापन प्रक्रिया, तथ्यांक अभिलेखीकरण र विश्लेषण विधि अध्ययन गर्न सक्नेछन् । यसले विद्यार्थीमा वैज्ञानिक अनुसन्धानतर्फ अभिरुची वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्वपूर्ण उपलब्धिको रूपमा मूल्यांकन गरेका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार र दिगो विकासका लागि आवश्यक नीति निर्माणमा केन्द्रबाट प्राप्त तथ्यांक प्रभावकारी आधार बन्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ४९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क