राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान « Khabarhub

राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर अन्यत्र जान सल्लाह दिएको छ । पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा निकायले एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय इजरायल र अमेरिकाले संयुक्त हमला गरेसँगै इरानले पनि मध्यपूर्वका विभिन्न मुलुकलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ ।

‘वर्तमान परिस्थितिका कारण, तपाईंहरूले सम्भव भएसम्म र शान्त रहँदै, यदि सक्षम हुनुहुन्छ भने अन्य ठाउँ वा सहरहरूमा यात्रा गर्नुपर्छ ।’ विज्ञप्ति उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

तेहरान र आसपासको क्षेत्रमा ९० लाखभन्दा धेरैको बसोबास छ । यस्तो परिस्थितिमा कति मानिसहरुले तेहरान छाड्छन् वा कति जना तेहरानमै रहन्छन् भन्ने स्पष्ट छैन ।

कतिपय विश्लेषकले इरानी सुरक्षा परिषद्को निर्देशनलाई अव्यवहारिक भनेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : १३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क