जोर्डनले खसाल्यो दुई मिसाइल « Khabarhub

जोर्डनले खसाल्यो दुई मिसाइल


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । इरानले गरेको जवाफी आक्रमणका क्रममा जोर्डनले दुई मिसाइल खसालेको दाबी गरेको छ ।

जोर्डनको सरकारी सञ्चार माध्यमका अनुसार मुलुकको हवाई क्षेत्रमा प्रवेश गरेका दुई वटा ब्यालिस्टिक मिसाइललाई जोर्डनी सेनाले सफलतापूर्वक खसालिदिएको छ ।

मिसाइल खसालिएपछि त्यसका टुक्राहरू राजधानी अम्मान, इर्बिद, जर्का र जारास जस्ता सहरहरूमा खसेको समाचार छ । अधिकारीहरूका अनुसार यी सहरहरूबाट १२ वटा भन्दा बढी स्थानमा यस्ता टुक्रा खसेको जानकारी प्राप्त भएको छ ।

जोर्डनले आफ्नो सार्वभौमसत्ता र आकाशको सुरक्षाका लागि कुनै पनि खतरा स्वीकार नगर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ६ : २६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क