इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता « Khabarhub

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् ।

यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ ।

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा रहेको मिनाब सहरस्थित शजरेये तय्येबाह नामक प्राथमिक बालिका विद्यालयमा इजरायली मिसाइलले निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार उक्त आक्रमणमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ भने ६० जना गम्भीर घाइते भएका छन् ।

मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेह्रले अझै पनि ५३ जना विद्यार्थीहरू विद्यालयको भग्नावशेषमा पुरिएको र उद्धार कार्य जारी रहेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : २८ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु