अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा « Khabarhub

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बरहथवा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनी २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धिकरण गर्ने बताए। निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धिकरण गर्ने उनको भनाइ छ । 

सम्पत्ति शुद्धिकरणको रोलक्रममा आफू अग्रस्थानमा रहेकाले आफ्नो पनि सम्पत्ति शुद्धिकरण गर्ने जनाउँदै सभापति थापाले भष्ट्राचार निवारण गर्छु भनेर मात्र नहुने धारणा राखे। 

‘म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेण्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि पार्टीका पूर्व तथा वर्तमान नेताहरूको सम्पत्ति शुद्धिकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ, पार्टीका पूर्वसभापति, पार्टीबाट मन्त्री तथा प्रधानमन्त्री भएका सबैको सम्पत्ति शुद्धिकरण गरिने छ’, उनले भने।

सभापति थापाले देश बनाउने ‘एजेण्डा’ बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने धारणा राख्दै यसतर्फ आममतदाता सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गरे। उनले मतदातालाई संयमित भएर मुलुक, जनता र समाजको हितमा काम गर्नेलाई मत दिने निर्णय गर्न सबैलाई आग्रह गरे । 

चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिएकाले मतदाताको घरघरमा पुगेर सत्य, तथ्य उजागर गरेर सहयोग गर्न पार्टी नेता, शुभेच्छुलाई चिर्न सभापति थापाले निर्देशन दिए। उनले मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाप्रति समेत चिन्ता व्यक्त गरे। मधेस प्रदेशमा सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै आफूले यसलाई गम्भीर रूपमा लिएको उनले बताए। 

आफू सर्लाहीको निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार भएकाले यहाँको मात्र विकास हुने हो कि भनेर चिन्ता गर्न नपर्ने भन्दै मुलुक विकास र सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने सभापति थापाले प्रतिबद्धता जनाए। घरदैलोका क्रममा आफूले मधेसको वास्तविक समस्या देखेको बताउँदै उनले मधेसका दलित समुदायले झुपडीमा जीवन बिताउनुपर्ने अवस्था अन्त्य गर्ने उल्लेख गरे।  

देशले नयाँ परिवर्तन र गति चाहेको भन्दै त्यसका लागि आफू तयार रहेको सभापति थापाले जिकिर गरे। 

‘म प्रधानमन्त्री बनेपछि वार्षिक नभई हरेक महिना कार्यसम्पादन र आगामी योजनासहित नागरिकका नाममा सम्बोधन गर्नेछु । मधेसमा ठूलो समस्याका रूपमा रहेको मलखाद, बीउबिजन, सिँचाइ र उत्पादित कृषि उपजको मूल्यका लागि किसानले भौँतारिनु पर्दैन । किसानको एउटा कार्ड लिएर गएपछि सबै समस्या समाधान हुने व्यवस्था तयार गछौँ’, उनले भने।

तीव्र गतिमा देशलाई अगाडि लैजाने, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार, रोजगारीका अवसर पहिचान र कार्यान्वयन आजको आवश्यकता रहेको भन्दै सभापति थापाले कांग्रेसलाई बहुमतसहित विजयी गराइदिन आममतदातासँग अनुरोध गरे। कांग्रेस नेतृत्वको सरकार बनेमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार, रोजगारी सृजनालगायत क्षेत्रमा योजनाबद्ध काम गर्ने उनले प्रतिबद्धता जनाए।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : ३९ बजे

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि

ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाएर लालीगुराँसको वार्षिकोत्सव

काठमाडौं– काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बालबाटिका माध्यमिक विद्यालयले २० औँ वार्षिकोत्सव

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं – इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता