इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह « Khabarhub

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार भएको हमलाको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका छन् ।

भोल्कर टर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान इरानमा इजरायल र अमेरिकाले गरेको सैन्य आक्रमण र त्यसपछि इरानले गरेको जवाफी आक्रमणप्रति म खेद व्यक्त गर्दछु । कुनै पनि सशस्त्र द्वन्द्वको अन्तिम मूल्य सधैँँ सर्वसाधारणले नै चुकाउनुपर्छ ।”

उनीहरूले केही घण्टा अघि मात्र सक्रिय रूपमा समाधान खोजिरहेको स्मरण गर्दै उनले भने, “नागरिकहरूका लागि यी भयानक परिणामहरू रोक्नको लागि, म संयम अपनाउन र सबै पक्षहरूलाई कारण हेर्न, तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन आग्रह गर्दछु ।”

इरानको विदेश मन्त्रालयले अमेरिका र इजरेलको हमला गर्ने ’नियत’ रहेको बारे आफूहरू जानकार हुँदा हुँदै पनि वार्तामा बसेको बताएको छ। ‘इरानले अमेरिकासँग कूटनीतिक प्रक्रियामा जारी राखेकै बेला’ आक्रमण भएको तेहरानले जनाएको छ।

इरान र अमेरिकाबीचको तेस्रो चरणको अप्रत्यक्ष वार्ता जेनेभामा फेब्रुअरी २६ मा सम्पन्न भएको थियो भने सोमबारपछि पुनः वार्ता हुने तयारी थियो । गत वर्षको मे महिनामा पनि ती दुई देशले पाँच चरणमा वार्ता गरेका थिए। छैटौँ चरणको वार्ता भने इजरायलले इरानमा आक्रमण गरेपछि रद्द भएको थियो ।

त्यसपछि १२ दिनसम्म चलेको युद्धका बेला अमेरिकाले इरानका तीनवटा महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ८ : ३१ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन