इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान « Khabarhub

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरेपछि विश्वभरका देशहरूले मध्यपूर्वमा तनाव बढ्ने चिन्त व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले अमेरिका–इजरायल आक्रमण र इरानको प्रतिक्रियाको निन्दा गररेका छन् । उनले थप आक्रमणले ‘मृत्यु, विनाश र मानवीय दुःख’ मात्र निम्त्याउने चेतावनी दिँदै संयम अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

“म संयम अपनाउन आह्वान गर्दछु र सबै पक्षहरूलाई विवेकको प्रयोग गर्न अनुरोध गर्दछु,” संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखल भोल्कर टर्कले एक विज्ञप्ति जारी गरी भनेका छन् ।

रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ र आक्रमणले यस क्षेत्रलाई मानवीय, आर्थिक र यसलाई अस्वीकार गर्न नसकिने रेडियोलोजिकल विपत्तिको संघारमा पुर्याएको तर्क गरेको छ।

चीनले ’सैन्य कारबाही तत्काल रोक्न’ आग्रह गरेको छ र चिनियाँ विदेश मन्त्रालयले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ। अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारले आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ र चेतावनी दिएको छ । “यस आक्रमणको जवाफ दिने उसको पूर्ण अधिकार सुरक्षित छ,” कतारले भनेको छ।

युरोपेली सङ्घ (इयू) की प्रमुख उर्सुला भोन डेर लेयनले अमेरिकाले इरानका आणविक क्षेत्रहरू ‘निशाना’ रहेको सङ्केत गरेपछि आणविक सुरक्षा सुनिश्चित गर्नु ‘महत्वपूर्ण’ भएको बताएका छन् ।

नर्वेका विदेशमन्त्रीले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको तर्क गर्दै भने, “पूर्वयोजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याए छ ।”

भारतको विदेश मन्त्रालयले सबै राज्यहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोड दिँदै वार्ता र कूटनीतिलाई पछ्याउनुपर्ने बताएको छ।

बेलायत, फ्रान्स र जर्मनीले संयुक्त रूपमा इरानको जवाफी आक्रमणको निन्दा गरेका छन् भने बेलायत सरकारले पनि स्थिति ‘व्यापक क्षेत्रीय द्वन्द्व’ मा परिणत हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।

ती देशहरूले उनीहरूमध्ये कसैले पनि अमेरिका–इजरायल कारबाहीमा भने भाग लिएका थिएनन् ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘खतरनाक’ तनाव रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को तत्काल बैठक बोलाएका छन् ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले आफ्नो देशलाई युद्धमा नतान्ने बताएका छन् । इरानका अन्तिम राजाका छोरा तथा तेहरानको वर्तमान् सत्ताका प्रखर आलोचक रेजा पहलवीले आक्रमणपछि अन्तिम जित नजिक रहेको दाबी गरेका छन् । “हामी सबै मिलेर इरानलाई फिर्ता लिन र पुनर्निर्माण गर्न सक्छौं,” अमेरिकामा निर्वासित जीवन बिताइरहेका पहलवीले भने।

इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोड दिएको छ । “इजिप्टले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डतालाई लक्षित गर्ने इरानको कडा निन्दा गर्दछ।”

टर्कीको विदेश मन्त्रालयले द्वन्द्वले ‘यस क्षेत्रको भविष्य र विश्वव्यापी स्थिरतालाई खतरामा पारेको’ भन्दै ‘सबै पक्षलाई तुरुन्त शत्रुता रोक्न’ आग्रह गरेको छ।

जोर्डनको सरकारले तनाव कम गर्न आग्रह गरेको छ र चेतावनी दिएको छ कि यसले ‘आफ्नो सबै शक्तिका साथ’ राज्यको हितको रक्षा गर्नेछ। एक सरकारी प्रवक्ताले देश द्वन्द्वको हिस्सा नभएको बताएका छन् ।

प्यालेस्टिनी लडाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको ‘आक्रमण’ को निन्दा गरेको छ र यसलाई ‘सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण’ भनेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको ‘आतङ्कवादी शासन’लाई सत्ताच्युत गर्ने अवसर सिर्जना गरेको बताएका छन् ।

‘इन्टरनेसनल कमिटी अफ द रेडक्रस’ की अध्यक्ष मिर्जाना स्पोलजारिकले मध्यपूर्वमा सैन्य वृद्धिले यस क्षेत्रमा खतरनाक श्रृङ्खलावद्ध प्रतिक्रिया निम्त्याएको र सर्वसाधारणका लागि विनाशकारी परिणाम हुने चेतावनी दिएका छन् । आक्रमणपछि अफ्रिकी सङ्घले ‘संयम, तत्काल तनाव कम गर्न र निरन्तर संवाद’ गर्न आह्वान गरेको छ र द्वन्द्वले महादेशका मानिसहरूलाई हानि पुर्याउने खतरा रहेको चेतावनी दिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ५० बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला