पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो « Khabarhub

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार बिहान पक्राउका ओलीलाई शिक्षण अस्पताल लगिएकोमा उनलाई शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । यो बेड मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई राख्ने बेड हो ।

मिर्गौला प्रत्यारोपणका बिरामी ओलीलाई चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको हाे ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ४४ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर