काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा « Khabarhub

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सो घोषणा गरिएको हो ।

पालिकालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले भुम्लु गाउँपालिका जिल्लाका १३ वटा पालिकामध्येको पूर्ण खोप सुनिश्चितामा यो तेस्रो पालिका भएको बताए ।

यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै उनले आगामि दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उतिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सो क्रममा उनले भुम्लु गाउँपालिकाले पालिकास्तरीय बालसञ्जाल गठनको घोषणा गरेर अब वडा र सिङ्गो गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्न थप सहयोग पुगेको बताए ।

कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिका स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मेहनतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको बताए । उनले बालमैत्री शासन व्यवस्था स्थापनाका लागि अब पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने काममा लागिपर्न बालसञ्जाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले खोपको सुनिश्चिततासँगै अब दिगोपना दिनका लागि बालबालिकाका अभिभावकहरुलाई पनि खोपको महत्व बुझाउन जरुरी रहेको बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप अधिकृत पार्थमणि न्यौपानेले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एवं रोगसँग लड्नसक्ने शक्ति विकासका लागि जन्मेको १५ महिनाभित्रमा गुणस्तरीय खोप लगाइसक्नुपर्ने बताए ।

गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बालकृष्ण गौतमले गाउँपालिकाका सबै वडामा गत चैत १६ गतेका दिनसम्ममा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : २८ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा