शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश « Khabarhub

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिरासतमा राखेपछि हालिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मंगलबार उक्त आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो ।

गोल्छाकी पत्नी सीमाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको हो ।

गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबारमात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको थियो । गोल्छालाई सीआईबीको टोलीले ९ वैशाखमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सीआईबीले विज्ञप्ति जारी गर्दै धितोपत्र सम्बन्धी कसूरमा गोल्छालाई पक्राउ गरिएको जनाएको थियो । सीआईबीले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान अघि बढाएको थियो।

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम कसूर गरेको आशंकामा मुद्दा अगाडि बढाइएको थियो । त्यही ऐनको दफा १०३(३) अनुसार थप अनुसन्धानका लागि कारबाही भइरहेको सीआईबीले जनाएको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : ५४ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा