गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन « Khabarhub

गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।  

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए । 

उपसमितिको प्रतिवेदनमा आधारमा आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे सरोकारवाला निकायसँग प्रभावकारी ढंगले छलफल गर्न सहज हुने उनले बताए  ।  

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी गराएका थिए । 

उनले वित्तीय समस्या, निर्माण व्यवसायीको कार्य क्षमता र विद्यमान कानूनी व्यवस्थाका कारण आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्न समस्या देखिएको उल्लेख गरे । 

बैठकमा समिति सदस्यहरूले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई समेत बोलाएर छलफल गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै बैठकले सांसद राजेन्द्र राईको संयोजकत्वमा समितिको कार्यविधि मस्यौदा उपसमिति समेत गठन गरेको छ । उपसमितिलाई सात दिनभित्र प्रतिवेदन दिन समय दिइएको छ ।  

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ०८ बजे

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका