आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल पक्षको द्वादशी तिथि। बकर ईद  । तदनुसार सन् २०२६ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : सोचेका काम बन्नेछ। बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ। धन लाभ हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेर बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ।

कर्कट : व्यवहार गर्दा सचेत नबने हरेक काममा समस्या हुनसक्छ। सानो कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ।

सिंह : बोल्दा विवेक प्रयोग नगरे आफ्नै बोलीका कारण व्यापारमा जोखिम छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको अवसर स्वदेशमै बन्नेछ।

कन्या : दिन उत्तम छ। सोचेका हरेक काम बन्नेछन्। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। व्यवहारमा नाफा हुँदा मन शान्त बन्नेछ ।

तुला : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नाम र दाम दुवै कमाउने योग छ। सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

वृश्चिक : कुरा काट्नेहरु सक्रिय हुनेछन् । मनकाे कुरा लुकाउनु फाइदा हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। हरेक क्षेत्रमा सफलताका लागि मिहिनेत गर्नुपर्ने छ ।

धनु : व्यापारमा फाइदा हुनेछ ।  दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने योग छ ।

मकर: आज नसोचेको ठाउँबाट आम्दानी हुनेछ। स्वास्थयमा लाभ हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मन शान्त बन्ने योग छ ।

कुम्भ : तपाईंको आफ्नै बोली र व्यवहारका कारण काम बन्नेछ।  पारिवार भित्र  मेलमिलाप हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना तय हुनसक्छ। व्यापारमा नाफा हुनेछ । यात्राको योग छ ।

मीन : बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साना कुराले मन अशान्त हुनेछ। शिक्षामा गरेकी मिहिनेतको फल मिल्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ५ : १४ बजे

आजको मौसम पूर्वानुमान : कुन प्रदेशको मौसम कस्तो छ ?

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल