‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र « Khabarhub

‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ ।

कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताउनुभयो । हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।

पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब ६२ करोडको लगानीमा भइरहेको छ । निर्माण सम्झौताअनुसार आगामी फागुन महिनासम्म सम्पूर्ण कार्य सम्पन्न गर्नु पर्नेछ । ‘भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्रको काम सुरु भएको छ’, प्रमुख रेड्डीले भने, ‘गुणस्तरलाई ध्यानमा राख्दै तोकिएको समयमै काम सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन तथा सहजीकरण गरिरहेको छ ।’ दोस्रो खण्डअन्तर्गत तीनतले–दिङ्ला करिब १६.५ किलोमिटर सडकखण्ड निर्माण कार्य पनि भइरहेको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण सवारी आवतजावत कठिन हुँदा बिरामी ओसारपसार, कृषिउपज ढुवानी तथा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । स्थानीय भीमप्रसाद राईले सडक कालोपत्र सुरु भएपछि धुलो र हिलोको समस्या अन्त्य भएको बताए ।

निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले बर्सातले असर नगरेमा सम्झौता अवधिअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

२०८० साल मङ्सिर महिनाबाट सडक निर्माण सुरु गरिएको हो । यो सडक आयोजना सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकास टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ११ : ३३ बजे

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले