बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन « Khabarhub

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य प्रदर्शन गरिएको छ ।

बेनीस्थित म्याग्दी नदीमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विपद्का बेला गरिने उद्धार तथा खोज कार्यको डेमो प्रदर्शन गरेको हो ।

मनसुन सुरु हुनुअघि सुरक्षा निकायबीच समन्वय, तयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 

अभ्यासका क्रममा बाढीमा फसेका व्यक्तिलाई डुंगाको सहायताले सुरक्षित स्थानमा ल्याउने, डोरीको प्रयोग गरेर उद्धार गर्ने, घाइतेलाई प्राथमिक उपचारसहित सुरक्षित स्थानसम्म पुर्‍याउने लगायतका अभ्यास गरिएको थियो ।

त्यसैगरी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार टोली कसरी परिचालन हुन्छ भन्ने विषय पनि प्रदर्शनमार्फत देखाइएको थियो । कार्यक्रममा आधुनिक उद्धार सामग्री तथा उपकरणको प्रयोगसमेत गरिएको थियो ।

सुरक्षा निकायका अधिकारीहरूले मनसुनको समयमा नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरूले विपद्का बेला अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न र आवश्यक परे तत्काल सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेका छन् ।

हरेक वर्ष मनसुनका कारण बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुने भएकाले पूर्वतयारीस्वरूप यस्ता अभ्यासलाई प्रभावकारी मानिएको छ । स्थानीयवासी तथा सरोकारवाला निकायको उपस्थितिमा गरिएको उक्त प्रदर्शनले विपद् व्यवस्थापनमा सुरक्षा निकायको तयारी र क्षमता प्रस्तुत गरेको थियो ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १ : ०४ बजे

सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै

कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा