स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी « Khabarhub

स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको १८ अर्ब बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ११ अर्ब ५७ करोड ९ लाख २१ हजार भुक्तानी भइसकेको छ । 

सोही अवधि सम्ममा विभिन्न अस्पताल र सेवा प्रदायकहरूलाई तिर्नुपर्ने थप अनुमानित रु १८ अर्ब १२ करोड ७२ लाख ९१ हजार ५१७ रकम भने भुक्तानी हुन बाँकी रहेको छ ।

लामो समयदेखि अस्पतालहरूले दाबी भुक्तानी नपाएको गुनासो गरिरहेका बेला बोर्डले दाबी समीक्षा तथा मूल्याङ्कन कार्यलाई तीव्रता दिएको छ । 

अर्थ मन्त्रालयको विशेष स्वीकृतिमा ३ महिनाका लागि १५४ जना मेडिकल अधिकृतहरू परिचालन गरी आर्थिक वर्ष २०८१/८२ को दाबी समीक्षा एवं मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ । 

त्यस्तै बीमा प्रणालीमा हुनसक्ने गल्ती र ठगी नियन्त्रणका लागि बोर्डले कठोर कदम चालेको छ । एक जनाको बीमा अर्को व्यक्तिले प्रयोग गर्ने जोखिम न्यूनीकरण गर्न र दोहोरो बीमा रोक्ने उद्देश्यले राष्ट्रिय परिचयपत्रसँग अन्तर आबद्धताका लागि सम्झौता भइसकेको छ ।

यस्तै, बीमितहरूलाई आफ्नो चाहना र आवश्यकता अनुसार फरक फरक पोलिसी छनौट गर्ने सुविधा उपलब्ध गराउन प्राविधिक रूपमा एक्च्युरियल एनालिसिसको कार्य भइरहेको बोर्डले जनाएको छ । बीमितको सुविधाका लागि हाल उपलब्ध सुविधा थैली परिमार्जनको कार्य समेत अघि बढेको छ ।

प्रगती विवरणमा उल्लेख भए अनुसार स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउन प्राथमिक स्वास्थ्य केन्द्र तथा १५ शैयासम्मका स्थानीय अस्पतालहरूमा उपलब्ध गराइने ९८ वटा निःशुल्क औषधिमा क्यापिङ लगाइएको छ ।

यसैगरी, सरकारको कल्याणकारी नीति र स्वास्थ्य बीमा ऐनरनियमावली बमोजिम ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्ण रूपमा निःशुल्क कार्यक्रममा आबद्ध गराई सेवा प्रवाह भइरहेको छ । 

हाल विपन्न नागरिक औषधि उपचार कार्यक्रम समेत स्वास्थ्य बीमा बोर्डमार्फत नै एकीकृत रूपमा सञ्चालन भइरहेको छ ।
 

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  १ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको