छानबिनका लागि तयार छु, आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् : रवि किरण « Khabarhub

छानबिनका लागि तयार छु, आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् : रवि किरण


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनलाई उनले सकारात्मक कदमको रूपमा लिएका छन् । हमालले एक भिडियो सन्देश जारी गर्दै आफू छानबिनका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

‘शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउने, अराजकता सिर्जना गर्ने र आन्दोलनलाई नेतृत्वविहीन बनाउने प्रयास गर्ने जो कोहीमाथि पनि निष्पक्ष छानबिन गरी कानुनी कारबाही हुनुपर्छ,’ हमालले भनेका छन्।

उनले आन्दोलनमा ज्यान गुमाएकाहरूको सपना पूरा गर्न सम्पूर्ण देशवासी एकजुट हुनुपर्ने बताएका छन्। ‘मृतकहरूको बलिदान व्यर्थ हुन दिनुहुँदैन। सबै पक्ष जिम्मेवार बनेर अगाडि बढौँ,’ उनको आह्वान छ।

हमालले आन्दोलनलाई पछाडिबाट उक्साउने वा ‘फ्युलिङ’ गर्ने समूह तथा व्यक्तिहरूमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन्। यस्ता तत्वहरूले आन्दोलनको मूल भावना र उद्देश्यलाई बिगार्ने प्रयास गरेको उनको आरोप छ।

आयोगको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, हताहत र जिम्मेवारीबारे महत्वपूर्ण निष्कर्षहरू सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ३ : १० बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।