स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म « Khabarhub

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली तथा ‘सुलभ फार्मेसी’ सञ्चालनको कार्य सुरु गरेको छ ।

अर्थ मन्त्रालयद्वारा सार्वजनिक चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो प्रगति विवरण अनुसार स्वास्थ्य सेवालाई प्रविधिमैत्री र पारदर्शी बनाउन यस्तो कदम चालिएको हो ।

विवरण अनुसार अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ बमोजिम अब अस्पतालहरूले उपलब्ध औषधिको विवरण अनिवार्य रूपमा सूचना पाटीमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत लागू गरिएको छ ।

साढे ४ करोड पटक सेवा प्रवाह, ३१० जनामा अंग प्रत्यारोपण

समीक्षा अवधिमा देशका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूबाट अन्तरङ्ग, बहिरङ्ग तथा आकस्मिक सेवा गरी कुल ४ करोड ४६ लाख २६ हजार पटक सेवा प्रवाह भएको छ । यसैगरी, चालु आवको फागुनसम्म २ लाख ६ हजार १६१ जनाले सरकारी प्रयोगशालाबाट परीक्षण सेवा लिएका छन् ।

जटिल उपचारतर्फ, अनुमति प्राप्त स्वास्थ्य संस्थाहरूबाट २९५ जना बिरामीको मृगौला र १५ जना बिरामीको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको सरकारले जनाएको छ ।

देशैभर आयुर्वेद र योग अभियान सञ्चालन

सरकारले रैथाने उपचार पद्धति र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्न आयुर्वेद र योगलाई स्थानीय तहसम्म विस्तार गरेको छ ।

चैत मसान्तसम्म ४०८ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेका छन् । जहाँ आधारभूत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ ।

यस्तै, स्थानीय तहमा २ हजार १ सय ९६ वडामा नागरिक आरोग्य समूह गठन गरी योग र ध्यानमार्फत ‘नागरिक आरोग्य अभियान’ चलाइएको छ ।

बूढानीलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म योग सेवा केन्द्र सञ्चालनमा आएको छ भने जेठो औषधि उद्योग सिंहदरबार वैद्यखानाबाट हाल १ सय ३ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।

जनशक्ति ७ लाख माथि, बर्न उपचारमा विशेष ध्यान

नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद मेडिकल परिषद् र फार्मेसी परिषद् लगायतका नियमनकारी निकायमा दर्ता भएका कुल स्वास्थ्यकर्मीको संख्या ७ लाख ३ हजार ८५ पुगेको छ ।

जलनका बिरामीको उपचार क्षमता बढाउन सरकारले विशेष तालिम सुरु गरेको छ । हालसम्म १४ संघीय अस्पतालका ४८ जना स्वास्थ्यकर्मीलाई प्राइमरी बर्न केयर म्यानेजमेण्ट तालिम दिइसकिएको छ ।

त्यस्तै, प्रादेशिक अस्पतालका थप १६ जना स्वास्थ्यकर्मीका लागि १ महिने विशेष बर्न उपचार व्यवस्थापन तालिमको व्यवस्था मिलाइएको छ ।

जनसंख्या वृद्धिदर घट्न नदिने नीति

सरकारले मुलुकको डेमोग्राफिक सन्तुलन कायम राख्न जनसंख्या वृद्धिदरलाई प्रतिस्थापन दर भन्दा कम हुन नदिने नीति लिने घोषणा गरेको छ ।

यसैगरी, परिवार नियोजनतर्फ २०८२ फागुनसम्मको तथ्याङ्क अनुसार अस्थायी साधन प्रयोगकर्ताको संख्या ११ लाख २७ हजार ४ सय ४६ र स्थायी बन्ध्याकरण गर्नेको संख्या ११ लाख २४ हजार ९ सय ९३ पुगेको प्रगति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ३ : ५२ बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो