नसर्ने रोग स्क्रिनिङ अभियानअन्तर्गत चार लाख १६ हजार बढिको स्वास्थ्य परीक्षण « Khabarhub

नसर्ने रोग स्क्रिनिङ अभियानअन्तर्गत चार लाख १६ हजार बढिको स्वास्थ्य परीक्षण


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै देशभर स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई तीव्रता दिएको जनाएको छ । 

स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विभिन्न अस्पतालमा सेवा विस्तारसँगै स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । 

मन्त्रालयका अनुसार, ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको नसर्ने रोग स्क्रिनिङ अभियानअन्तर्गत हालसम्म देशभर चार लाख १६ हजार ५९५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत दीर्घरोगको प्रारम्भिक पहिचान र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको जनाइएको छ ।

त्यसैगरी, स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि सञ्चालन गरिएको स्क्रिनिङ कार्यक्रमअन्तर्गत हालसम्म ५४ हजार ८४३ महिलाको परीक्षण सम्पन्न भएको छ । परीक्षण गरिएकामध्ये ४० वर्षमाथिका २५ हजार १० जना र ४० वर्षमुनिका २९ हजार ८३३ जना महिला रहेका मन्त्रालयले जनाएको छ ।

विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तारअन्तर्गत सरकारले वीर अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयका अनुसार, २०८२ माघ १ गतेदेखि अस्पतालमा ५५ शैय्याको आधुनिक आकस्मिक सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो । यसबाट आकस्मिक उपचार सेवालाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

बाल स्वास्थ्य सेवाको सुदृढीकरणका लागि कान्ति बाल अस्पतालमा पनि ठूलो पूर्वाधार विस्तारको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । अस्पतालमा एक हजार शैय्या विस्तारका लागि ८८ करोड रुपैयाँ विनियोजन गरिएको छ भने परियोजना कार्यान्वयन प्रक्रिया सुरु भइसकेको उल्लेख गरिएको छ ।

मन्त्रालयले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण, आकस्मिक सेवा तथा बाल स्वास्थ्य सेवा विस्तारमार्फत नागरिकलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : १७ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन