२४ घण्टामा विपदका ४७ घटना, ३ जनाको मृत्यु,  ७ घाइते « Khabarhub

२४ घण्टामा विपदका ४७ घटना, ३ जनाको मृत्यु,  ७ घाइते


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा विगत २४ घण्टामा भएका विपद्का घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सार्वजनिक गरेको बुलेटिन अनुसार सो अवधिमा देशभर कुल ४७ वटा विपद्का घटना दर्ता भएका छन् । 

प्राधिकरणका अनुसार यी घटनाबाट करिब रु ३ करोड ९६ लाख ३० हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । साथै ६ वटा चौपायाको समेत क्षति भएको छ भने कुनै सडक अवरोध वा व्यक्ति बेपत्ता भएको विवरण नरहेको जनाइएको छ ।

सबैभन्दा बढी घटना हावाहुरीका कारण भएका छन् । १५ जिल्लामा २२ वटा हावाहुरीका घटनामा १ जनाको मृत्यु भएको छ । त्यसैगरी, ३ जिल्लामा ६ वटा सर्पदंशका घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

लेक लाग्ने घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ९ जिल्लामा १२ वटा आगलागीका घटना भएका छन्, जसमा मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । त्यस्तै १–१ वटा वन डढेलो, चट्याङ, अविरल वर्षा र पहिरोका घटना पनि दर्ता भएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : १६ बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो