स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत « Khabarhub

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा कूल १ हजार ८०८ दरबन्दी स्वीकृत भएको छ । 

संगठन तथा व्यवस्थापन ओ एण्ड एम कार्य सम्पन्न भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उक्त दरबन्दी अन्तिम स्वीकृत भई मन्त्रालयमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल कायम रहेको ८३१ दरबन्दीमा थप ९७७ नयाँ दरबन्दी थपिएको छ । यससँगै मन्त्रालय अन्तर्गत कूल दरबन्दी संख्या १ हजार ८०८ पुगेको छ ।

स्वीकृत दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको मन्त्रालयले जनाएको छ ।

प्राप्त दरबन्दीअनुसार अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने मन्त्रालयको तयारी छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यो संरचना ‘संघीय पुल दरबन्दी’ अन्तर्गतको मात्र हो । 

सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश तथा स्थानीय तहमा निकट भविष्यमै ठूलो संख्यामा खुलाइने जनाइएको छ ।
 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : १६ बजे

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी