कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर « Khabarhub

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए । उनका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो । जसमा ६१ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको थियो ।

उपचारका क्रममा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएका ११ जनालाई महेन्द्रनगर आँखा अस्पताल रेफर गरिएको नेत्र अधिकृत धामीले बताए । ‘जिल्लाको दुर्गम बस्ती स्वास्थ्य सेवा पहुँच बाहिर थियो यहाँ शिविरको आवश्यकता थियो’, उनले भने, ‘आखाँका बिरामीलाई यो शिविर निकै फलदायी बन्यो ।’ उनका अनुसार शिविरमा अन्य सेवाग्राहीलाई समेत निःशुल्क औषधि वितरण गरिएको थियो ।

खल्ला मसेट्टीसम्म पुग्ने पक्की सहज बाटो नहुँदा यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, विद्युत र खानेपानीजस्ता आधारभूत सेवाबाट वञ्चित छन् । महेन्द्रनगर सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यो बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । घरआँगनमै निःशुल्क सेवा पाएपछि यहाँका स्थानीय हर्षित छन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ६ : ३६ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य