‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण « Khabarhub

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् । 

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले नयाँ पुल निर्माण भएपछि काठको फल्याक राखिएको, हल्लिने पुलमा जोखिम मोलेर अन्नपूर्ण खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको बताइन्  । 

‘यसअघि एक पटकमा एकदेखि दुई जना मात्र पालो गरेर खोला तर्नुपर्ने समस्या थियो’, उपाध्यक्ष पुनले भनिन्, ‘झोलुङ्गे पुल बनेपछि पदयात्री, पर्यटक र स्थानीयवासीलाई आलोपालो गरेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।’ 

पर्यटकबाहेक नारच्याङका ५४९ परिवार पुल बनेपछि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक हजार २२१ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको उनले जानकारी दिइन् ।

सङ्घीय सरकारले १३ लाख ८२ हजार ७९५ ससर्त अनुदान र एक लाख ८९ हजार ६९३ बराबरको निर्माण सामग्रीसहित अन्नपूर्ण गाउँपालिकाले १३ लाख ७४ हजार ४०० अनुदान र उपभोक्ताले ७३ लाख ८८० रुपैयाँ बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । 

उनका अनुसार गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक र सामाजिक परिचालन सहयोगमा पुल निर्माण भएको हो ।

पदमार्गका अन्य ठाउँमा पनि झोलुङ्गे पुल बनाउन सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिएको गाउँपालिकाका उपाध्यक्ष पुनले बताए । नारच्याङबाट दुई घण्टा सवारीमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट अन्नपूर्ण आधार शिविरको पदयात्रा सुरु हुन्छ । 

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दूर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । 

दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनि समुन्द्री सतहबाट चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल पर्दछ । 

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : ४७ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ