‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण « Khabarhub

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् । 

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले नयाँ पुल निर्माण भएपछि काठको फल्याक राखिएको, हल्लिने पुलमा जोखिम मोलेर अन्नपूर्ण खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको बताइन्  । 

‘यसअघि एक पटकमा एकदेखि दुई जना मात्र पालो गरेर खोला तर्नुपर्ने समस्या थियो’, उपाध्यक्ष पुनले भनिन्, ‘झोलुङ्गे पुल बनेपछि पदयात्री, पर्यटक र स्थानीयवासीलाई आलोपालो गरेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।’ 

पर्यटकबाहेक नारच्याङका ५४९ परिवार पुल बनेपछि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक हजार २२१ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको उनले जानकारी दिइन् ।

सङ्घीय सरकारले १३ लाख ८२ हजार ७९५ ससर्त अनुदान र एक लाख ८९ हजार ६९३ बराबरको निर्माण सामग्रीसहित अन्नपूर्ण गाउँपालिकाले १३ लाख ७४ हजार ४०० अनुदान र उपभोक्ताले ७३ लाख ८८० रुपैयाँ बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । 

उनका अनुसार गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक र सामाजिक परिचालन सहयोगमा पुल निर्माण भएको हो ।

पदमार्गका अन्य ठाउँमा पनि झोलुङ्गे पुल बनाउन सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिएको गाउँपालिकाका उपाध्यक्ष पुनले बताए । नारच्याङबाट दुई घण्टा सवारीमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट अन्नपूर्ण आधार शिविरको पदयात्रा सुरु हुन्छ । 

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दूर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । 

दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनि समुन्द्री सतहबाट चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल पर्दछ । 

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : ४७ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय