दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती « Khabarhub

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको छ । 

धनुषाको ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य छन् ।

जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना हो, उक्त पुल । स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको बताए । 

जनताले पुल छिट्टै तयार हुने अपेक्षा गरे पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ । निर्माण कार्य अधुरो रहँदा जनताका अपेक्षा पूरा हुन सकेन । 

निर्माण ठेक्का २०७६ साल जेठ २५ गते नागार्जुन हेम जेभीसँग भएको थियो । निर्माण लागत १३ करोड ९५ लाख ६४ हजार ३३८ रुपैयाँमा सम्झौता भएको हो । 

सडक डिभिजन कार्यालय जनकपुरधामले २०८२ माघ १७ गते पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिएको छ । 

पुल निर्माणमा भएको ढिलाइका कारण सडक डिभिजन कार्यालय जनकपुरधामले नागार्जुन हेम जेभीसँगको ठेक्का सम्झौता तोडेको प्रमुख इन्जिनियर दारोगा प्रसादले बताए । 

ढल्केबर–जनकपुर–जटही छ लेन सडक मधेस प्रदेशकै महत्त्वपूर्ण सडक आयोजना हो । 

भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले पुलको निर्माण थालनी गरिएको थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १ : २८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का