दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती « Khabarhub

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको छ । 

धनुषाको ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य छन् ।

जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना हो, उक्त पुल । स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको बताए । 

जनताले पुल छिट्टै तयार हुने अपेक्षा गरे पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ । निर्माण कार्य अधुरो रहँदा जनताका अपेक्षा पूरा हुन सकेन । 

निर्माण ठेक्का २०७६ साल जेठ २५ गते नागार्जुन हेम जेभीसँग भएको थियो । निर्माण लागत १३ करोड ९५ लाख ६४ हजार ३३८ रुपैयाँमा सम्झौता भएको हो । 

सडक डिभिजन कार्यालय जनकपुरधामले २०८२ माघ १७ गते पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिएको छ । 

पुल निर्माणमा भएको ढिलाइका कारण सडक डिभिजन कार्यालय जनकपुरधामले नागार्जुन हेम जेभीसँगको ठेक्का सम्झौता तोडेको प्रमुख इन्जिनियर दारोगा प्रसादले बताए । 

ढल्केबर–जनकपुर–जटही छ लेन सडक मधेस प्रदेशकै महत्त्वपूर्ण सडक आयोजना हो । 

भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले पुलको निर्माण थालनी गरिएको थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १ : २८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा