चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा « Khabarhub

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा विश्वास,सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ । 

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’को नीति दोहोर्‍याउँदै सुरक्षित,व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्रता दिएको जनाएको छ।

नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिने उद्देश्यले आवश्यक नीतिगत,कानुनी तथा संस्थागत सुधारका विषयमा सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वय गरिरहेको छ।

यसका लागि मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति मार्फत सम्बन्धित सबै सरोकारवाला निकायसँग चरणबद्ध बैठक तथा परामर्शलाई निरन्तरता दिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनी,नीतिगत तथा संस्थागत सुधारका विषयमा गृह मन्त्रालय,नेपाल मेडिकल काउन्सिल,नेपाल नर्सिङ परिषद्,नेपाल चिकित्सक सङ्घ,नेपाल स्वास्थ्य प्राविधिक सङ्घ,नेपाल आयुर्वेद चिकित्सक सङ्घ,नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल लगायतका निकायसँग निरन्तर छलफल भइरहेको छ।

मन्त्रालयका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,र बिरामीले गुणस्तरीय उपचार नपाएसम्म स्वास्थ्य प्रणालीप्रतिको विश्वास कायम रहँदैन । त्यसैले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुने लापरबाहीलाई कानुनबमोजिम निष्पक्ष र प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था सुदृढ बनाइनेछ।

साथै,मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई परिमार्जन गरिरहेको छ । 

मन्त्रालयका अनुसार सम्बन्धित सबै सरोकारवालाको सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइनेछ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ०३ बजे

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)