चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत « Khabarhub

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो । 

बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आवका लागि ५६ करोड चार लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ आठ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको आयोगले जनाएको छ ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायत सहभागी थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : २१ बजे

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप