निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त « Khabarhub

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताएका छन् ।
 
सिंहदरबारस्थित समितिको आजको बैठकमा सांसदहरूले राखेको चासो र जिज्ञासाको जवाफमा उनले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताए ।
  
उनले निर्वाचन आयोगलाई सफल हुनका लागि सबै दलहरू र सबै तहका सरकारबाट उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै उजुरीका विषयमा प्रक्रिया नपुगीकन आएको रिट निवेदन भएकाले दर्ता गर्न अस्वीकार गरेको जानकारी गराए ।
 
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा पैसा र शक्तिलाई कानुनीरूपमा नियन्त्रण गरेको हुनाले राजनीतिक दल, सरकार र सञ्चारमाध्यम कसैले पनि प्रयोग गर्न नहुने र कानुनीरूपमा कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आयोग त्यसप्रति प्रतिबद्ध रहेको बताए ।
      
उनले कृत्रिम बौद्धिकताको विषयमा आफैँ पनि दक्ष व्यक्ति नभएको हुनाले सूचना प्रविधिमैत्री संरचना बनाउँदै र दलको बीचमा रेफ्रीको भूमिका निर्वाचन आएको हुने विश्वास व्यक्त गरे ।
      
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले मतदान केन्द्रमा मतगणना गर्दा लागत पनि कम हुने भएकाले छिटो पनि गणना हुने भएकाले निर्वाचन सुधारको काम पनि हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै निर्वाचनका दिन सवारी साधन सुरक्षाका कारण नचलाउने भन्दै यसबारे थप छलफल गर्ने बताए ।
      
विदेशमा बस्ने नेपालीलाई मतदान गर्न उनीहरूको सङ्ख्या यकिन, विधि कस्तो बनाउने भन्ने विषयमा बृहत् गृहकार्य जरुरी भएको र नोट चल्ने भोट नचल्ने भन्ने विषय गहन छलफल जरुरी भएको उनको भनाइ थियो ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनको कामलाई स्वच्छ, पारदर्शी र विश्वसनीय तरिकाले सम्पन्न आफूले पूर्णरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बदर मत घटाउन सबैले मिलेर निर्वाचन शिक्षा अभियान चलाउनुपर्ने बताए ।  रासस

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ३६ बजे

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक