रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास « Khabarhub

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई प्रतिरक्षा सुदृढ गर्न अमेरिकी सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन् । साथै, उनले रुसविरुद्धको प्रतिबन्ध विधेयक अघि बढाउन अमेरिकी सिनेटले गरेको प्रक्रियागत मतदानलाई ‘शान्तितर्फको पहिलो कदम’का रूपमा स्वागत गरेका छन् ।

ह्वाइट हाउसमा एक घण्टाभन्दा बढी चलेको भेटवार्तापछि फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग अत्यन्त सकारात्मक छलफल भएको बताए। उनका अनुसार ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउन सहमति जनाएका छन् । 

त्यसपछि आफूले अमेरिकी रक्षा उद्योगका प्रमुख कम्पनीका प्रतिनिधिसँग भेट गरी सहउत्पादन र प्रविधि हस्तान्तरणको सम्भावनाबारे पनि छलफल गरेको जानकारी दिए।

जेलेन्स्कीले अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनका प्रतिनिधिसँग भएको भेटमा एटीएसीएमएस, हिमार्स, एफ–१६ लडाकु विमान तथा प्याट्रियट हवाई रक्षा प्रणालीसम्बन्धी सहकार्य विस्तार, संयुक्त उत्पादन र युक्रेनको हवाई प्रतिरक्षा क्षमता अभिवृद्धिका विषयमा विस्तृत छलफल भएको बताए। 

उनले युक्रेनसँग पनि रक्षा उत्पादनमा उपयोगी अनुभव र प्रविधि रहेको उल्लेख गर्दै दुवै पक्षका प्राविधिक टोली सहउत्पादनको कार्ययोजना अघि बढाइरहेको जानकारी दिए।

भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बैठक निकै सफल भएको उल्लेख गर्दै दुवै पक्षबीच विभिन्न महत्त्वपूर्ण विषयमा सार्थक छलफल भएको जनाएका थिए ।

वासिङ्टन भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटमा दुवै दलका ६० भन्दा बढी सिनेटरसँग पनि भेटवार्ता गरेका थिए । भेटका क्रममा युक्रेनका लागि निरन्तर अमेरिकी सहयोग, एन्टी–ब्यालिस्टिक प्रतिरक्षा प्रणालीको आपूर्ति तथा रुसको आक्रमणको प्रतिकार गर्ने क्षमताबारे छलफल भएको उनले बताए।

उनले रुसविरुद्धको प्रतिबन्ध विधेयक अघि बढाउन अमेरिकी सिनेटले ८६–१२ मतले गरेको प्रक्रियागत मतदानलाई स्वागत गर्दै यसलाई दिवङ्गत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले अघि सारेको पहललाई निरन्तरता दिने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरे। 

मतदानका क्रममा सिनेटमा उपस्थित हुन पाउनु सम्मानको विषय भएको उल्लेख गर्दै उहाँले यसबाट युक्रेनमा शान्ति स्थापना गर्ने प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरे।

सिनेटको विदेश सम्बन्ध समितिसँग आबद्ध डेमोक्रेट सिनेटर जीन शाहिनले पनि उक्त मतदानपछि रुसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढेको बताए। उनले युक्रेनमाथि भएको विनाशको जिम्मेवारी रुसले वहन गर्नुपर्ने समय आएको धारणा व्यक्त गरे।

युक्रेन–रुस युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयासले अपेक्षित सफलता हासिल गर्न नसकेको अवस्थामा युक्रेनले आफ्नो हवाई प्रतिरक्षा क्षमता विस्तार, रक्षा सहकार्य सुदृढीकरण र रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखेको छ। यही उद्देश्यसहित राष्ट्रपति जेलेन्स्कीले वासिङ्टन भ्रमणका क्रममा अमेरिकी राजनीतिक नेतृत्व र रक्षा उद्योगका प्रतिनिधिसँग उच्चस्तरीय संवादलाई तीव्रता दिए।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : १३ बजे

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश