बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे « Khabarhub

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि वालेन्द्र शाह नेतृत्वको सरकारको भूमिकाबारे प्रश्न उठिरहँदा बुधबार मन्त्रिपरिषद्को बैठक बस्यो ।

बुधबार अपराह्न ४ बजे बसेको यो बैठकमा प्रधानमन्त्री वालेन्द्रसहित सबैजसो क्याबिनेटका सदस्य सहभागी थिए। देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ पनि बैठकमा थिए ।

तर मन्त्रिपरिषद्को उक्त बैठकले सुनसरीको तनावबारे एक शब्द पनि औपचारिक निर्णयमा कञ्जुस्याइँ गरेको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्न सिंहदरबार परिसरमा उभिएका सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल उल्टे सुनसरी तनावबारे जवाफ नदिई हतार हतार बाटो लागे ।

बैठकबाट खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकोसहित विभिन्न आठवटा विधेयकलाई संघीय संसद्मा लैजान स्वीकृति दिने निर्णय भएको पोखरेलले बताए ।

त्यसपछि उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको बताए ।

अर्कातिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय गरेको पनि उनले सुनाए ।

अर्कातिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय भएको पोखरेलले बताए ।

यति निर्णय सुनाएपछि पत्रकारहरू उनलाई सुनसरी तनावबारे प्रश्न सोध्न तम्तयार थिए । तर सधैँझै कालो चश्मा र टाइसुटमा सजिएका सरकारका प्रवक्ता सुनसरी तनाव र बालेन क्याबिनेटको अकर्मण्यताबारे जवाफ दिनुपर्ने भएपछि हतार हतार बाटो लागे।

पत्रकारले सोध्न खोजे, ‘मन्त्रीज्यू सुनसरीमा भएको घटनाबारे सरकारले के निर्णय गर्‍यो ? यसमा सरकारको धारणा के हो?’

पत्रकारबाट यति प्रश्न मात्रै आएको थियो, उनी हतार हतार ‘आज अर्को कार्यक्रममा जान हतार छ भन्दै बाटो तताए ।’ मन्त्री पोखरेललाई हतार हतार पत्रकारबाट छल्दै अघि बढाउनका उनका प्रेस सहयोगी सीबी अधिकारी पनि सक्रिय देखिए ।

देशलाई यति गम्भीर संकटमा लगिरहेको सुनसरी तनावबारे मन्त्री जवाफ नदिई हिँडेपछि त्यहाँ उपस्थित पत्रकार भने मुखामुख गरेर हेरिरहन बाध्य भए ।

मन्त्रिपरिषद् बैठकका निर्णय

१. देहायका विधेयकहरू सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।

संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक।

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक।

आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।

२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय ।

३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय ।

४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ५ : २२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक