स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण « Khabarhub

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना संरचनालाई एउटै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा दिँदै आएको थियो । 

घटनालगत्तै सिंहदरबारभित्र नेपाली सेनाको खाली जग्गामा प्रिफ्याब क्याबिनहरू निर्माण गरी सचिवसहित विभिन्न महाशाखाहरू सञ्चालनमा ल्याइएको थियो । 

यद्यपि, मन्त्रीको कार्यकक्ष भने भूमि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा राखिएको थियो । मन्त्री र कर्मचारी फरक-फरक स्थानमा रहँदा कार्यसम्पादन र समन्वयमा कठिनाइ हुँदै आएको थियो ।

यसै असहजतालाई सम्बोधन गर्दै मन्त्रालयले हाल भूमि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ । 

यसै क्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटा सोही भवनमा स्थानान्तरण भएका छन् । मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सचिवसँगै सचिवालयसँग सम्बन्धित अन्य शाखा तथा महाशाखाहरूलाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

विगत एक वर्षदेखि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक एकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र समग्र सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा मन्त्रालयले राखेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ५ : ३४ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो