एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने « Khabarhub

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ। शनिबारदेखि लागू हुने यो सेवाअन्तर्गत प्रभावित क्षेत्रमा ग्राहकले थप एक सातासम्म निःशुल्क सञ्चार सुविधा पाउनेछन्।

यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त अवधि शुक्रबार सकिँदैछ।

प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा अवधि थप गरिएको एनसेलले जनाएको छ।

बाढीका कारण अवरुद्ध भएका एनसेलका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको छ भने थप ९ वटा टावर सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ।

यसैगरी, खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ।

कम्पनीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १२ : ४४ बजे

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै