वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा « Khabarhub

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको नेपाल एसियन गेम्सबाट बाहिरिएको छ ।

मंगलबारका लागि तोकिएको खेल वर्षाका कारणा हुन नसक्दा एउटा पनि बल नखेली नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंका भने सिधै सेमिफाइनलमा पुगेको छ । आईसीसी वरियताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो ।

आइसिसीको पछिल्लो पुरुष टी-२० वरीयतामा श्रीलंका नवौँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ। यही वरीयताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको थियो ।

समूह चरणका दुई खेलमा नेपालको लय

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाएको खेलमा चार विकेटको क्षतिमा १५ ओभरमा नेपालले १४९ रन बनाएको थियो । तेस्रो क्रममा ब्याटिङ गरेका सन्दीपले पाँच चौका र तीन छक्काको मद्दतमा ३२ बल सामना गर्दै ५७ रन बनाए । पाँचौँ क्रममा आएका लोकेश बमले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्दतमा २२ बल सामना गर्दै अन्तिम बलमा ५२ रन जोडेर अर्धशतक पूरा गरे ।

नेपालका लागि ओपनर आसिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रनमा आउट भए भने कुशल मल्ल र गुल्सन झा दुई-दुई रनमा आउट भए ।

अफगानिस्तानविरुद्ध पाँच विकेटको जित

समूह चरणको पहिलो खेलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दा नेपालले बलिङ गरेको थियो । पहिलो खेलमा टेस्ट राष्ट्रलाई पूरै २० ओभरमा १०२ रनमा रोकेको नेपाल पाँच विकेटले विजयी भएको थियो । नेपालविरुद्ध अफगानिस्तानका तीन ब्याटरबाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ५६ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया