वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा « Khabarhub

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको नेपाल एसियन गेम्सबाट बाहिरिएको छ ।

मंगलबारका लागि तोकिएको खेल वर्षाका कारणा हुन नसक्दा एउटा पनि बल नखेली नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंका भने सिधै सेमिफाइनलमा पुगेको छ । आईसीसी वरियताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो ।

आइसिसीको पछिल्लो पुरुष टी-२० वरीयतामा श्रीलंका नवौँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ। यही वरीयताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको थियो ।

समूह चरणका दुई खेलमा नेपालको लय

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाएको खेलमा चार विकेटको क्षतिमा १५ ओभरमा नेपालले १४९ रन बनाएको थियो । तेस्रो क्रममा ब्याटिङ गरेका सन्दीपले पाँच चौका र तीन छक्काको मद्दतमा ३२ बल सामना गर्दै ५७ रन बनाए । पाँचौँ क्रममा आएका लोकेश बमले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्दतमा २२ बल सामना गर्दै अन्तिम बलमा ५२ रन जोडेर अर्धशतक पूरा गरे ।

नेपालका लागि ओपनर आसिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रनमा आउट भए भने कुशल मल्ल र गुल्सन झा दुई-दुई रनमा आउट भए ।

अफगानिस्तानविरुद्ध पाँच विकेटको जित

समूह चरणको पहिलो खेलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दा नेपालले बलिङ गरेको थियो । पहिलो खेलमा टेस्ट राष्ट्रलाई पूरै २० ओभरमा १०२ रनमा रोकेको नेपाल पाँच विकेटले विजयी भएको थियो । नेपालविरुद्ध अफगानिस्तानका तीन ब्याटरबाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ५६ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक