अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट « Khabarhub

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको आयोवा राज्यमा १८ अर्ब अमेरिकी डलरको लागतमा देशकै ठूलो स्टिल प्लान्ट स्थापना गर्ने घोषणा गरेका छन्।

एस्सार समूहको सहायक कम्पनी मेसाबी मेटैलिक्समार्फत निर्माण हुने उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता एक करोड टन स्टिल हुने ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा बताएका छन्।

मेसाबी मेटैलिक्सका अध्यक्ष रेवन्त रुइयाले उक्त लगानीले अमेरिकाको पूर्वाधार क्षेत्रलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

उनका अनुसार रुइया परिवारले मिनेसोटामा तीन अर्ब डलर लगानी गरी नयाँ लौह अयस्क खानी परियोजनामा समेत काम गरिरहेको छ। उक्त खानी अमेरिकामा करिब ५० वर्षपछि सुरु हुन लागेको पहिलो नयाँ लौह अयस्क खानी हुने बताइएको छ।

एस्सार समूहका सहसंस्थापक रवि रुइयाले समूहले दशकौँदेखि स्टिल प्लान्ट, तेल प्रशोधन केन्द्र तथा ऊर्जा परियोजना निर्माण गर्दै आएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले प्रस्तावित स्टिल परियोजना ‘खानीदेखि उत्पादन केन्द्रसम्म’ पूर्ण रूपमा अमेरिकी आपूर्ति शृङ्खलामा आधारित हुने बताएका छन्।

उनका अनुसार प्लान्टमा प्रयोग हुने लौह अयस्क अमेरिकामै उत्खनन गरिनेछ र त्यसैबाट अमेरिकामै स्टिल उत्पादन गरिनेछ। यसबाट घरेलु उत्पादन तथा अमेरिकी विनिर्माण क्षेत्रलाई थप बल पुग्ने ट्रम्पको भनाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ४६ बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको