ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो « Khabarhub

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

इप्पानले बुझायो प्रधानमन्त्री कार्यालयसमक्ष विस्तृत सुझाव


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते निजी क्षेत्रका विभिन्न २१ वटा संस्थालाई पत्र पठाएर कानुन सुधारका लागि सुझाव मागे बमोजिम स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो विस्तृत सुझाव पेस गरेको छ । जलविद्युत तथा ऊर्जा क्षेत्रको समग्र विकासका लागि विद्यमान झन्झटिला कानुनी प्रावधानहरू संशोधन गर्दै प्रवर्द्धक मैत्री नीति ल्याउन इप्पानले सुझाव बुझाएको हो ।

इप्पानले विद्युत ऐन, २०४९ मा संशोधन गरी निजी क्षेत्रलाई आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार मा सहभागिता गराउन प्रस्ताव गरेको छ । हालसम्म निजी क्षेत्रले ऊर्जा क्षेत्रमा गरेको लगानीको संरक्षण र भविष्यमा सो क्षेत्रमा हुन सक्ने ४० खर्ब रूपैयाँभन्दा बढीको लगानी आकर्षित गर्न पनि निजी क्षेत्रलाई व्यापारको अनुमति दिनु आवश्यक रहेको इप्पानको ठहर छ । 

त्यसैगरी, २०७५ सालदेखि रोकिएको विद्युत खरीद सम्झौता (पीपीए) अविलम्ब खुला गर्न र आवेदन दिएका करिब १७ हजार मेगावाट क्षमताका आयोजनाहरूको पीपीए फर्छ्यौट गर्न माग गरिएको छ । साथै, २०६८ सालदेखि पुनरावलोकन नभएको पीपीए दरलाई नेपाल राष्ट्र बैंकको मूल्यवृद्धि सूचकांक, निर्माण सामग्रीको मूल्य, विनिमय दर तथा वित्तीय लागतसँग आबद्ध गरी पुनरावलोकन गर्नुपर्ने र बैंकएबल पीपीए को मानक ढाँचा बनाउनुपर्ने सुझाव दिइएको छ ।

नेपाल विद्युत प्राधिकरणमा रहेको उत्पादन, प्रसारण, वितरण र व्यापारको एकाधिकार अन्त्य गरी छुट्टाछुट्टै संस्थागत संरचना बनाउनुपर्ने र भार प्रेषण केन्द्रलाई स्वायत्त रूपमा सञ्चालन गर्नुपर्ने माग गरिएको छ । प्रसारण लाइनको समस्या समाधानका लागि ‘ओपन एक्सेस’ सम्बन्धी कार्यविधि र ह्विलिङ चार्जको व्यवस्था तत्काल लागू गर्न तथा नदी करिडोर स्तरमा साझा प्रसारण गुरुयोजना निर्माण गरी संयुक्त प्रसारण कम्पनी मार्फत प्रसारण लाइन निर्माण गर्न सकिने कानुनी ढाँचा प्रस्ताव गरिएको छ ।

ऊर्जा आयोजनाहरूले वन, वातावरण, भूमिसुधार तथा स्थानीय तह जस्ता विभिन्न निकायमा धाउनुपर्ने बाध्यता हटाउन वन प्रोजेक्ट वन एप्रभुल फाइल र वन डोर वन सिस्टम लागू गर्न इप्पानले आग्रह गरेको छ। तोकिएको समयभित्र (जस्तै १५ दिनभित्र) कुनै निकायले निर्णय वा सिफारिस नदिएमा स्वतः सहमति भएको मानिने कानुनी व्यवस्था गर्न सुझाइएको छ । 

इप्पानको सुझावमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को स्वीकृति मन्त्रिपरिषद् नलगी सचिवस्तरबाटै स्वीकृत हुनुपर्ने, ईआईए स्वीकृत भएपछि रुख कटान र जग्गा सट्टाभर्ना स्वतः हुनुपर्ने र १ वर्षभित्र वातावरणीय अध्ययन सम्पन्न गर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

ऊर्जा आयोजनाहरूको लागि दीर्घकालीन र सहुलियतपूर्ण वित्तीय स्रोत जुटाउन विशेष ‘ऊर्जा कोषु स्थापना गर्न इप्पानको सुझाव छ । १ प्रतिशत भन्सार महसुल सहुलियतलाई निरन्तरता दिने, बाढी-पहिरो प्रभावित आयोजनाका लागि कर सहुलियत तथा पुनर्कर्जा उपलब्ध गराउने र वैदेशिक ऋणमा दीर्घकालीन हेजिङ मेकानिजम लागू गर्न माग गरिएको छ । 

साथै, आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएपछि स्वतः साधारण सेयर निष्कासन गर्न दिने पूर्ववत् व्यवस्था कायम गर्न तथा बण्ड र डिबेन्चर जारी गर्ने प्रक्रिया सहज बनाउन धितोपत्र बोर्डसँग सम्बन्धित कानुनी सुधारको प्रस्ताव गरिएको छ ।

त्यस्तै, सुझावमा आयोजना निर्माणको मुख्य अवरोधका रूपमा रहेको विस्फोटक पदार्थको अभाव हटाइ नेपाली सेनामार्फत नियमित तथा पर्याप्त आपूर्ति गराउन वा निजी क्षेत्रलाई समेत उत्पादनमा प्रोत्साहन गर्न आग्रह गरिएको छ । साथै, एनओसीको नवीकरण म्याद न्यूनतम १ वर्ष बनाउन र दुर्गम क्षेत्रमा रहेका बाँध, सुरुङ, पावरहाउस तथा प्रसारण लाइनको सुरक्षाका लागि उपयुक्त सुरक्षा नीति अपनाउन सरकारसँग माग गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : २४ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली