एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत « Khabarhub

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले रसुवामा आएको बाढीबाट प्रभावितका लागि ११ लाख ११ हजार १११ राहत रकम योगदान गरेको छ।

एपेनले नेपालभरिका विभिन्न पूर्वप्राथमिक विद्यालयबाट संकलन गरेको उक्त रकम मंगलबार शिक्षा मन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

एपेनका अनुसार हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितको सहयोगका लागि एपेनले राहत रकम संकलन गरेको जनाएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले सामाजिक उत्तरदायित्व, मानवीय भावना र ऐक्यबद्धता प्रतिबिम्बित गरेको एपेनले जनाएको छ।

एपेनले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण पूर्वप्राथमिक विद्यालय, शिक्षक–शिक्षिका तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : ०३ बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा