पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन « Khabarhub

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ । सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागिएको हो ।

सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउनयोग्य छ वा छैन भनी प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।

कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेलले कामपा, स्वास्थ्य विभागले जनप्रतिनिधि, वडासचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरूलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ ।
 
‘वडा नं १ बाट थालिएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई दिइनेछ’, कुइँकेल भन्छन्, ‘तालिम दिइएका व्यक्तिले नमूना संकलन गर्छन् । संकलित नमूनाको प्रयोगशालाबाट परीक्षण गराई प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेका हौँ ।’ 

‘हामीले विश्वास गरेको पानी कति सुरक्षित छ रु यो थाहा हुन जरुरी छ’, वडासचिव सर्वज्ञराज पौडेलले भने,’पानीको सुरक्षा र स्वच्छताका उपाय अवलम्बन गर्न पनि आधार चाहिएको छ । अहिलेको कार्यक्रमले त्यो आधार दिनेछ ।’

धारामा आउने, जार वा अन्य स्रोतबाट ल्याइने पानी हेर्दा राम्रो देखिँदैमा, सङ्लो हुँदैमा पिउनयोग्य छ भन्ने हुँदैन । पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यलाई असर गर्ने रसायनिक पदार्थ हुनसक्ने भएकाले सुरक्षित खानेपानीका लागि नियमित परीक्षण, निगरानी तथा सुधारको व्यवस्था आवश्यक छ ।

भौतिक, रासायनिक र जैविक गुणस्तरका आधारमा पानी सुरक्षित भए÷नभएको निर्धारण हुन्छ । सुरक्षित पानीका लागि पाँच प्रकारका भौतिक, १३ प्रकारका रासायनिक र एक प्रकारको जैविक परीक्षण गर्नुपर्ने पारामिटर तोकिएका छन् । 

जोखिम तथा सान्दर्भिकताका आधारमा थप एक–एक भौतिक र जैविक तथा सात रासायनिक परीक्षण गर्नुपर्छ । रासायनिक गुणअन्तर्गत क्लोरिन अवशेषको परीक्षण दैनिक तथा अमोनिया, क्लोराइड, नाइट्रेट र क्याल्सियमको परीक्षण मासिक गर्नुपर्छ ।

फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायत पारामिटरको परीक्षण वार्षिक रूपमा गर्नुपर्ने मापदण्डमा स्पष्ट उल्लेख छ । सुक्ष्म जैविकतर्फ इकोलाई र कुल कोलिफर्मको परीक्षण मासिक गर्नुपर्नेछ ।
 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ३८ बजे

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब