सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न « Khabarhub

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ ।

महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट्रका सरकार प्रमुख, एक जना राजकुमार ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री तथा ४८ मन्त्री रहेको पुष्टि गरेका छन् ।

राष्ट्रसङ्घीय बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्गीय सुधार र आगामी महासचिवको चयनलगायतका विभिन्न विषय समावेश भएको उनले बताए। उनका अनुसार अघिल्लो बहसको किनारमा रहेको कृतिम वौद्धिकता यस वर्षको छलफलको केन्द्रमा परेको थियो ।

विश्वास पुनर्स्थापना, यस वर्षको बहसको विषय, भाषणमा व्यापक रूपमा प्रतिध्वनित भएको उनले बताए। 

उनले महासभाका विषयलाई उजागर गर्दै भने ‘हामी दृढतापूर्वक शान्ति त्याग्न अस्वीकार गरौँ दिगो विकास सुनिश्चित गर्न हामी दृढतापूर्वक प्रतिबद्ध रहौँ चयनशीलता बिना नै हामी मानवअधिकारका सिद्धान्तको पछाडि जोशका साथ उभिऔँ, मानवताको सेवामा प्राविधिक रूपान्तरणलाई शासन र प्रवर्द्धन गरौँ, हामीले अर्थपूर्ण, प्रतिनिधि र निष्पक्ष सुधारलाई पछ्याऔँ र अन्तमा सबैका लागि हाम्रो सङ्गठनको पुनर्निर्माण गरेर विश्वास पुनस्थापित गरौँ । ‘
 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ४९ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी