हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त « Khabarhub

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथले पर्वतीय क्षेत्र, हिमाली पारिस्थितिक प्रणाली तथा हिमाली समुदायका संवेदनशील सवालहरूलाई अन्तर्राष्ट्रिय कूटनीतिक तहमा सशक्त रूपमा उठाउनका लागि आधिकारिक रूपमा ‘पर्वतीय समुदाय तथा पारिस्थितिक प्रणाली युवा कार्यदल’ को स्थापना तथा शुभारम्भ गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको अवसरमा गत शुक्रबार आयोजित ‘क्रायोस्फियरमा जलवायु सङ्कट: हिमाली विपद् विरुद्ध वातावरणीय उत्थानशीलतामा पर्वतीय युवाहरूको नेतृत्व’ विषयक अन्तर्राष्ट्रिय भर्चुअल संवादको समापनसँगै यस कार्यदलको घोषणा गरिएको हो । यो अन्तर्राष्ट्रिय संवाद आगामी ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ को आधिकारिक पूर्वतयारी अन्तर्राष्ट्रिय सत्रको रूपमा समेत आयोजना गरिएको थियो ।

हिमाली युवा कार्यदल नेतृत्व चयन : ग्लोबल फोकल पोइन्ट तथा संयोजक

हिमाली वातावरण संरक्षण तथा अन्तर्राष्ट्रिय जलवायु नीति निर्माण प्रक्रियामा युवाको सहभागिता सुनिश्चित गर्न नेपाली युवा नेतृत्व सोनिका पौडेल संयुक्त राष्ट्रसङ्घमा बालबालिका तथा युवाहरूको प्रमुख सरोकारवाला समूह अन्तर्गतको ‘हिमाली समुदाय तथा पारिस्थितिकीय प्रणाली युवा कार्यदल’ को अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्ति पदमा नियुक्त भएकी छन् ।

नेपालको प्रतिनिधित्व गर्दै वाईफिड फाउन्डेसनमा सञ्चालक समिति सदस्यको रूपमा सक्रिय पौडेल हाल अमेरिकाको भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट एन्ड स्टेट युनिभर्सिटी, ब्ल्याक्सबर्गमा कृषि तथा प्रसार शिक्षा विषयमा विद्यावारिधि तहमा अध्ययनरत छिन् । उनको मनोनयनलाई दक्षिण एसियाली क्षेत्रीय संस्था सार्क युवा मञ्चले समर्थन गरेको थियो ।

गत शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा आयोजित अन्तर्राष्ट्रिय भर्चुअल कार्यक्रममा उक्त नियुक्तिको घोषणा गरिएको थियो । तत्पश्चात् हिजो सोमबार, २८ सेप्टेम्बर २०२६ मा बसेको संयुक्त राष्ट्रसंघीय को औपचारिक सचिवालय बैठकले उनको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन तथा वैधानिकीकरण गरेको हो ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको तेस्रो समितिमा हिमाली युवा कार्यदलको साइड इभेन्ट आयोजना हुने

यस नवनिर्मित आधिकारिक हिमाली युवा कार्यदलको शुभारम्भको अवसरमा आगामी शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा एक औपचारिक भौतिक साइड इभेन्ट आयोजना गरिनेछ । 

यो कार्यक्रम संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको तेस्रो समिति सामाजिक, मानवीय तथा सांस्कृतिक समितिको बैठकको सन्दर्भमा आयोजना हुन लागेको हो ।

उक्त उच्चस्तरीय साइड इभेन्टले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु संकट, हिमनदी पग्लिने क्रम तथा पारिस्थितिकीय असन्तुलनविरुद्ध युवा नेतृत्वको अग्रसरतालाई विश्वमञ्चमा उजागर गर्नेछ । संयुक्त राष्ट्रसंघको तेस्रो समिति बैठकमा संयोजक सोनिकाले सम्बोधन गर्नेछिन् ।

कार्यदलका मुख्य प्राथमिकताहरू :

१.  नीतिगत वकालत र प्रतिनिधित्व: संयुक्त राष्ट्रसंघीय जलवायु महासन्धिका पक्ष मुलुकहरूको सम्मेलन, जैविक विविधता महासन्धि र संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तर्राष्ट्रिय संयन्त्रहरूमा हिमाली युवाहरूको प्रत्यक्ष र सशक्त सहभागिता सुनिश्चित गर्ने ।

२.  जलवायु न्याय र हिमाली विपद् जोखिम न्यूनीकरण : हिमताल विस्फोटनबाट आउने बाढी  र आकस्मिक बाढीपहिरोबाट प्रभावित हिमाली तथा तल्लो तटीय समुदायहरूका लागि जलवायु न्याय र क्षतिपूर्तिको वकालत गर्ने।

३.  प्राज्ञिक अनुसन्धान र स्थानीय ज्ञानको संयोजन: कृषि प्रसार शिक्षा, हिमाली कृषि तथा परम्परागत स्थानीय ज्ञानलाई नीति निर्माण तहमा जोड्दै युवाहरूलाई व्यावहारिक नेतृत्व प्रदान गर्ने ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ५१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन