अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च « Khabarhub

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि प्रमुख ब्याजदर १५ वर्षयताकै उच्च बिन्दुमा पुर्‍याएको छ।

अष्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए)ले मंगलबार नगद दर २५ आधार अंकले बढाएर ४.६ प्रतिशत पुर्‍याएको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्व र त्यसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोधले इन्धनको मूल्य बढाएको बैंकले जनाएको छ।

बैंकका अनुसार पछिल्ला आर्थिक तथ्याङ्कले अष्ट्रेलियाको आर्थिक वृद्धि र मुद्रास्फीति अपेक्षा गरिएभन्दा उच्च रहेको देखाएको छ। उच्च इन्धन मूल्यको प्रभाव अन्य वस्तु तथा सेवाको मूल्यमा समेत परिरहेको बैंकले जनाएको छ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा भइरहेको तीव्र विस्तारले प्रविधिसम्बन्धी वस्तु तथा सेवाको लागत बढाइरहेको बैंकको भनाइ छ। एआईसम्बन्धी बढ्दो मागका कारण प्रविधिसँग सम्बन्धित वस्तुको विश्वव्यापी मूल्यमा समेत वृद्धि भइरहेको जनाइएको छ।

एआईसम्बन्धी लगानीबाट बढेको मागले मध्यपूर्वको द्वन्द्वबाट सिर्जित प्रतिकूल प्रभावभन्दा बढी लागत बढाइरहेको बैंकले जनाएको छ। अष्ट्रेलियाका प्रमुख व्यापारिक साझेदार मुलुकमा समेत अपेक्षाभन्दा बढी आर्थिक वृद्धि भइरहेको बैंकले उल्लेख गरेको छ।

यसैबीच, अष्ट्रेलियाको आवास बजारमा आएको मन्दीले आर्थिक अनिश्चितता थप बढाएको छ। बैंकका अनुसार अधिकांश राज्यका राजधानी सहरमा आवासको मूल्य घटेको छ भने नयाँ आवास ऋणसमेत उल्लेखनीय रूपमा घटेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ४१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन