काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि, कार्यसमिति चयन प्रक्रिया जारी छ ।
मतदानका क्रममा केही प्रतिनिधिको नाम छुटेपछि क्षेत्र नम्बर ‘क’ को मतदान प्रक्रिया स्थगित गरिएको छ भने क्षेत्र नम्बर ‘ख’मा भने जारी छ ।
छुटेका प्रतिनिधिको नाम समावेश तथा आवश्यक प्रक्रिया पूरा गरेपछि बुधबार बिहान १० बजेदेखि मतदान पुनः सञ्चालन गर्ने तयारी छ ।
क्षेत्र नम्बर ३ (क) र (ख) मा गरी कुल ९८१ जना मतदाता छन् । अधिवेशनबाट ३४ जना महाधिवेशन प्रतिनिधि, १८ सदस्यीय क्षेत्रीय कार्यसमिति, १८ सदस्यीय प्रदेश कार्यसमिति तथा २४ जना प्रदेश महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया