भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित  « Khabarhub

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित आश्रयमा सारिएको रिपोर्ट गरेका छन् ।

राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले ओडिसाको तल्लो क्षेत्रबाट एक लाख ४० हजार मानिसलाई उद्धार गरेको घोषणा गरेका छन् । हिराकुड बाँधबाट अतिरिक्त पानी छोडेपछि घना जनसङ्ख्या भएको तटीय क्षेत्रहरू हुँदै बग्ने महानदीमा बाढी आएको अधिकारीले बताए ।

यो बाढी भारतका विभिन्न भागलाई असर गर्ने गम्भीर मौसमी बाढी सङ्कटको एक भाग हो भने केरला राज्यले भारी मनसुन वर्षा र पाहाडी क्षेत्रमा पहिरोका कारण विनाशकारी बाढीको सामना गरेको छ ।

यो वर्ष दोहोरिएको ढाँचा असम र गुजरातजस्ता अन्य राज्यमा एकै साथ बाढीको छालसँगै आएको छ । यसले विगतका वर्षमा देखिएको नोक्सानको पुनरावृत्ति रोक्न पूर्वाधार र विपद् व्यवस्थापन प्रणालीमा निरन्तर दबाब दिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस