एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै « Khabarhub

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । यो खेल दिउँसो १२ : ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएकाे जनकपुर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो । १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ३ बलमा ११३ रन बनाउँदा हल आउट भएको थियो ।

काठमाडौँ भने एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दै छ । काठमाडौँ पहिलो खेलमा जितको खोजीमा हुनेछ भने जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।

जनकपुर अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौँको कप्तानी करण केसीले गर्दैछन् ।

त्यसैगरी दोस्रो खेलमा बिहीबार साँझ विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेल कीर्तिपुर मैदानमा ४:३० बजे सुरु हुनेछ ।

कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ भने विराटनगर पोखरासँग आठ रनले पराजित भएको टिम हो ।

विराटगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन् भने कर्णालीका कप्तान सोमपाल कामी हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ३८ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल