मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन « Khabarhub

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासनले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ ।

यही कात्तिक ३ गते जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अग्रसरतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवाला निकायका पदाधिकारीबीचको छलफलमा हालसम्मका प्रयास, तिनको प्रभावकारिता र आगामी रणनीतिबारे समीक्षा गरिएको हो ।

छलफलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी झापाका प्रतिनिधि तथा डिभिजन वन कार्यालयका अधिकृतको सहभागिता थियो । डिभिजन वन कार्यालयका तर्फबाट वन अधिकृत हिमाल पाठकले जिल्लामा मानव–हात्ती द्वन्द्वको पछिल्लो अवस्था र न्यूनीकरणका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव र वन्यजन्तु दुवैको अस्तित्व संरक्षण गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सावधानीका उपायलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले हालको कार्ययोजना र सरोकारवाला निकायको भूमिकाको समीक्षा गरी प्राप्त सुझावका आधारमा रणनीति परिमार्जन गरिने जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा सरकारी निकाय र सुरक्षा संयन्त्रसँग समीक्षा गरिएको छ । दोस्रो चरणमा स्थानीय तह, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय समुदाय, सामाजिक संस्था, नागरिक समाज तथा सञ्चारकर्मीसँग छलफल गरी कार्ययोजनालाई थप नतिजामुखी बनाइनेछ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार झापामा पछिल्लो २० वर्षमा हात्तीको आक्रमणबाट ७० जना नेपाली तथा १० विदेशी नागरिकको मृत्यु भएको छ । सोही अवधिमा २८ वटा हात्तीको मृत्यु भएको छ । जिल्लामा वन क्षेत्र, नदी करिडोर, कृषि क्षेत्र र मानव बस्ती हात्तीको विचरण क्षेत्रसँग जोडिएकाले द्वन्द्व न्यूनीकरण चुनौतीपूर्ण बन्दै आएको छ ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका हेरालुलाई सक्रिय बनाउने तथा साइरनलगायतका उपकरण दुरुस्त राख्ने विषयलाई प्राथमिकता दिइएको छ ।

वन क्षेत्रमा हात्तीका लागि आहारा र पानीका स्रोतको संरक्षण, जैविक मार्गको व्यवस्थापन तथा सौर्य विद्युतीय तारबारको मर्मतसम्भारलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ५२ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज