टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ? « Khabarhub

टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ?


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । 

सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न आकर्षक अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

‘ टीभीएसमा अपग्रेड गर्नु हुनेहरूलाई, अब TVS को महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने मुख्य सन्देशका साथ आयोजना हुन लागेको यस मेलाले ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

मेलाको प्रमुख आकर्षणका रूपमा ‘ टीभीएस गोल्डेन की अफर’ रहेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा१० लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। 

साथै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।

ग्राहकहरूले आफ्ना पुराना सवारीसाधनको उचित तथा आकर्षक मूल्यांकन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरहरूको व्यवस्था गरिएको छ । 

यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ टीभीएस सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।

त्यसैगरी, मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहने यस सुविधाले नयाँ सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ ।

यस अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक रौनियारले भने, “टीभीएसले सधैं आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सवारीसाधनसँगै थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राख्दै आएको छ। ‘अचम्मैको महा एक्सचेन्ज मेला’ मार्फत हामीले ग्राहकहरूका लागि आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर तथा सहज फाइनान्स सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयास गरेका छौं। हाम्रो उद्देश्य नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने ग्राहकहरूको चाहनालाई अझ सहज र किफायती बनाउनु हो। हामी सम्पूर्ण ग्राहकहरूलाई भृकुटीमण्डपमा उपस्थित भई यस विशेष अवसरको अधिकतम लाभ उठाउन हार्दिक आमन्त्रण गर्दछौं।’

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १२ : ४७ बजे

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष

रहस्यमय मृत्यिको कथा बोकेर आउँदै ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क

काठमाडौं– बलिउडको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ यसपटक

इनम सापकोटा : समाचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रहेका मुद्दासँग सम्बन्धित समाचार

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३