भन्सार छलीको सामानसहित तीन जना पक्राउ « Khabarhub

भन्सार छलीको सामानसहित तीन जना पक्राउ


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी ल्याइएको रु नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित पक्राउ गरिएको हो । 

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले फेला पारेको थियो ।  

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालक भूपेन्द्र राजवंशी र सोही ठाउँका सहचालक कात्तिक राजवंशीलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यलय सुनसरीका, सुचना अधिकारी चन्द्रबहादुर खड्काले बरामद गरिएको सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जानकारी दिए । 

कपिलवस्तुमा सात लाखभन्दा बढीका अवैध सामान बरामद कपिलवस्तुः सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसबाट खटिएको टोलीले रु सात लाख पाँच हजार ८८० बराबरका लत्ताकपडा, मोटर पाट्र्स, रङ्गोली, किराना सामान तथा आतिशबाजीका सामग्री बरामद गरेको हो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए ।

बरामद गरिएका प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिएको अधिकारीले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ५४ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह