काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट « Khabarhub

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो ।

काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका राहुल यादवले बलिङमा चार विकेट हात पारे । चार ओभर बलिङ गर्दा ३१ रन खर्च गरे ।

काठमाडौँले ओपनर स्मृत पटेललाई १३ रनमा गुाउँदा स्याम हेजलेटलाई मात्र एक रनमा आउट भए । हरिशंकर शाह ९ रन बनाउँदा आउट भए भने रसिद खान १७ रन बनाउँदा पेभिलियन फर्किए ।

टिकेर खेलेका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । सुस्मित महर्जन १० रनमा आउट हुँदा कप्ता क०ा केसीले १८ बलकाे सामना गरेर मात्र ८ रन जोडे ।

जनकपुरका लागि राहुलले चार विकेट हात पार्दा शैफ हसनले दुई विकेट लिए भने मोइन अली, हर्मित संह र ललितनारायण राजवंशीले एकएक विकेट हात पारे ।

काठमाडौँको यो सिजनको पहिलो खेल हो । दास्रो खेल खेल्दै गरेको जनकपुर पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : ०५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह